पार्टीको विधान र व्यवस्था बदल्ने पक्षमा कांग्रेस महामन्त्री थापा

हिमाल प्रेस ३० मंसिर २०८० २०:५५ | Saturday, December 16, 2023
पार्टीको विधान र व्यवस्था बदल्ने पक्षमा कांग्रेस महामन्त्री थापा नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा शनिबार सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापा। तस्बिर : रासस

पाल्पा- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्था परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन्।  नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा शनिबार सम्बोधन गर्नै महामन्त्री थापाले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढंगले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन्।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापाको भनाइ छ। देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए।

‘पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ। विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन। कति समयभित्र के-के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन’, थापाले भने।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिए तापनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने थापाले बताए। तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षाविपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए।

प्रकाशित: ३० मंसिर २०८० २०:५५ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast