नेपाल सुपर लिग : अतिरिक्त समयमा देउवाको गोलसँगै ललितपुर फाइनलमा

हिमाल प्रेस १२ पुष २०८० २०:३८ | Thursday, December 28, 2023
नेपाल सुपर लिग : अतिरिक्त समयमा देउवाको गोलसँगै ललितपुर फाइनलमा

काठमाडौँ- पोखरा थन्डर्सलाई अतिरिम्त समयमा २-१ ले पराजित गर्दै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको फाइनल प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा निर्धारित ९० मिनेटमा दुवै टोलीले १-१ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो। ललितपुरका लागि इमो इजिकेल र कुशल देउवा तथा पोखराका लागि स्टेफन अन्नोरले गोल गरे।

खेलको ३३ औं मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो। आयुश घलानलाई फउल गरेपछि दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेका थिए। पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो। उनले पापा इबु केबेको लामो दुरीको पासलाई नियान्त्रणमा लिँदै पोखराका दुई रक्षक र गोलकिपर प्रिसोलाई बिट गर्दै जाली चुमाएका थिए।

६३ औं मिनेटमा दिनेश रजवंगशीको फ्रिकिकलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले सहजै नियन्त्रणमा लिए। ७१ औं मिनेटमा अन्नोरले पोखरालाई बराबरीमा ल्याए। उनले जो आयडुको क्रसलाई हेटमार्फत पोस्टको दिशा दिएका थिए।

९९ औं मिनेटमा कुशलको गोल निर्णायक बन्दा २-१ को रोमाञ्चक जित निकाल्दै ललितपुरले फाइनल यात्रा तय गर्‍यो। ललितपुरले उपाधिका लागि धनगढी एफसीको सामना गर्नेछ। ललितपुरले एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्सलाई पराजित गर्दा पोखरा पहिलो क्वालिफयरमा धनगढीसँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित भएको थियो

प्रकाशित: १२ पुष २०८० २०:३८ | Thursday, December 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast