नेपाल सुपर लिगमा आज यी टिम भिड्दै

हिमाल प्रेस ६ पुष २०८० ८:०२ | Friday, December 22, 2023
नेपाल सुपर लिगमा आज यी टिम भिड्दै

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदै छन्।

दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्लेअफमा स्थान बनाइसकेको पोखरा शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यमा छ। धनगढीले भने प्लेअफमा स्थान बनाउन आजकाे खेल जित्नैपर्ने छ।

आजै साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन्। झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ।

जारी लिगमा झापा १० अंकका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अंक जोडेको छ।

प्रकाशित: ६ पुष २०८० ८:०२ | Friday, December 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast