नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

हिमाल प्रेस २९ मंसिर २०८० ७:१८ | Friday, December 15, 2023
नेपाली सेनाले माग्यो विभिन्न पदमा आवेदन

काठमाडौँ‍- नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक विज्ञानपन गर्दै प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा आवेदन माग गरेको हो।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो। योग्यता पुगेका नेपाली नागरिकले पुस २९ गतेभित्र आवेदन दिनु पर्नेछ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सकिने जंगी अड्डाले जनाएकाे छ।

दरखास्त फाराममा १० रुपैयाँको टिकट टाँसी पेस सकिनेछ।

विस्तृतमा हेर्नुहाेस्

प्रकाशित: २९ मंसिर २०८० ७:१८ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast