नेत्र ज्योति संघलाई साढे दुई करोडको जग्गा दान

हिमाल प्रेस १४ पुष २०८० ६:५९ | Saturday, December 30, 2023
नेत्र ज्योति संघलाई साढे दुई करोडको जग्गा दान

काठमाडौँ- म्याग्दीका एक दम्पतीले नेत्र ज्योति संघ बेनीलाई दुई करोड ५० लाख बराबरको जग्गा निःशुल्क प्रदान गरेका छन्।

पूर्वाधारको अभावमा भाडा तिरेर सेवा दिइरहेको संघलाई मालिका गाउँपालिका–६ दिच्यामका मुक्ति रोका र याममाया रोकाले जग्गादान गरेका हुन्।

रोका दम्पतीले संघलाई बेनीबजारस्थित कालिपुलको सात आना एक पैसा तीन दाम क्षेत्रफलको जग्गा दान गरेका हुन्। शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतीले संघका सभापति अमर बानियाँलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरे।

हाल क्याम्पस चोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ। संघको भवन निर्माणका लागि पनि सक्दो आर्थिक सहयोग गर्ने रोका दम्पतीले वाचा गरेका छन्।

यसअघि जग्गादाता रोकाले २०६६ सालमा आफैँले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका थिए।

प्रकाशित: १४ पुष २०८० ६:५९ | Saturday, December 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast