निजामती अस्पतालका करार स्वास्थ्यकर्मी दोस्रो चरणको आन्दोलनमा

हिमाल प्रेस १३ पुष २०८० ११:४५ | Friday, December 29, 2023
निजामती अस्पतालका करार स्वास्थ्यकर्मी दोस्रो चरणको आन्दोलनमा

काठमाडौँ- निजामती कर्मचारी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्।

बोनम्यारो ट्रान्सप्लान्ट, अपरेसन थियटर, आईसीयूजस्ता संवेदनशील युनिटमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थानीय गराउने भन्दै अवकाश दिन खोजेपछि उनीहरू आन्दोलनमा होमिएका हुन्।

रेडियोलोजी विभागमा ८ वर्षदेखि कार्यरत कर्मचारीको संयोजकत्वमा ९ सदस्यीय संघर्ष समिति घोषणा गरेर उनीहरूले शान्तिपूर्ण आन्दोलन अगाडि बढाएका छन्। समितिले मंसिर २६ देखि ६ सूत्रीय माग राखेर सुरू गरेको आन्दोलनको सुनुवाइ नभएपछि पुस ४ बाट दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

आन्तरिक प्रस्पिर्धामा २१६ जना माग गरेको भए पनि १८३ मात्रै प्रतिस्पर्धामा सहभागी भएका थिए। ७३ दरबन्दी रिक्त हुँदासमेत ३९ जना कर्मचारीलाई करार सेवाबाट ज्यालादारीमा सम्झौता गर्न खोजिएको संघर्षमा उत्रिएका कर्मचारीहरूले बताएका छन्।

आन्दोलनरत कर्मचारीहरूले आन्तरिक परीक्षामा अनुतीर्ण करार कर्मचारीलाई पूर्ववत् सेवा र सुविधालाई निरन्तरता दिन तथा पुनः स्थायीको प्रक्रियामा जाने व्यवस्था गर्न माग गरेका छन्।

त्यस्तै कर्मचारीको वृद्धि र विकासमा न्यायपूर्ण समानता तथा पेशागत सुरक्षा कायम राख्न माग गरेको छन्। उनीहरूले सामाजिक सुरक्षा कोषको व्यवस्था गर्न, करार सेवाबाट अवकाश पाउनेलाई समेत उपदानको व्यवस्था गर्नलगायत माग राखेका छन्।

प्रकाशित: १३ पुष २०८० ११:४५ | Friday, December 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast