तीन हजार बढी सीसी क्यामराको निगरानीमा काठमाडौँ उपत्यका

हिमाल प्रेस ४ पुष २०८० २१:१६ | Wednesday, December 20, 2023
तीन हजार बढी सीसी क्यामराको निगरानीमा काठमाडौँ उपत्यका

काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले काठमाडौँ उपत्यका भित्रको अपराध नियन्त्रणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका छन्।

टोखा नगरपालिका–९ नयाँबसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोँगबुको भवनको आज (बुधबार) शिलान्यास गर्दै उनले समाजभित्र देखिने विकृति, विसंगति अन्त्यका लागि प्रहरीले विभिन्न स्थानीय तहको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको बताए।

‘काठमाडौँ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई उच्च प्राथमिकता दिएका छौँ, टोखा नगरपालिकासँग पनि सहकार्य गरेर बसपार्क क्षेत्रको अपराध न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने।

एआईजी थापाले हालसम्म काठमाडौँ उपत्यकाभित्र तीन हजार चार सय ८५ सीसी क्यामरा जडान भएको बताए। उनले काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार ९ सय ५६ सीसी क्यामरा जडानको कामलाई अगाडि बढाइएको उल्लेख गरे। उनले नयाँ बसपार्क क्षेत्र वरपर हुने विकृति, विसंगति अन्त्यका लागि प्रहरी सधैँ तत्पर रहेको बताए।

प्रकाशित: ४ पुष २०८० २१:१६ | Wednesday, December 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast