चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

हिमाल प्रेस ११ पुष २०८० १३:५० | Wednesday, December 27, 2023
चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख सहयोग

म्याग्दी- मालिका गाउँपालिका-४ च्युरीबोटका एक परिवारले चौरासी पूजाको खर्च कटाएर विद्यालयलाई चार लाख रुपैयाँ सहयोग गरेको छ।

च्युरीबोट घर भई हाल बेलायत बस्ने घनमाया पुन ८४ वर्ष पुगेको अवसरमा पूजाकाे खर्च कटाएर उनका छोराहरूले मंगलबार सिद्धार्थ माविलाई रकम हस्तान्तरण गरेका हुन्।

घनमायाले आफ्नो नामबाट एक लाख, दिवंगत श्रीमान् टेकबहादुर पुनको नाममा एक लाख र स्व.छोरी चित्रा घर्तीको स्मृतिमा ५० हजार नगद हस्तान्तरण गरेको प्रअ ललितबहादुर घर्तीले बताए।

घनमायाका छोरा टार्जन र दुर्गा एवम् छोरी रुपी पुनले थप ५०/५० हजार रुपैयाँ उपलब्ध गराए। घनमाया, उनका छोराछोरी र बुहारीले वडा अध्यक्ष भेजेन्द्रमान पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर पुन, घर्ती, अक्षयकोषका अध्यक्ष भिजेन्द्रमान पुनलाई नगद हस्तान्तरण गरे।

घनमायाका जेठा छोरा, बुहारी दलमान र माया पुनले गत वर्ष ५० हजार सहयोग गरेका थिए। उनका भान्जा खिमबहादुर बुढाले विद्यालयलाई १० हजार सहयोग गरे। सो रकम विद्यालयमा सिद्धार्थ अक्षयकोषमा जम्मा गरिने प्रअ घर्तीले बताए।

८४ वर्ष पूरा भएको अवसरमा घनमायाले विद्यालयलाई सहयोग गरेर फजुल खर्च नियन्त्रण र सामाजिक क्षेत्रमा सकारात्मक सन्देश दिएको वडा अध्यक्ष पुनले बताए।

विद्यालय, च्युरीबोट ख्याली सोरठी, स्थानीय आमा समूह, क्लबलगायत संघसंस्थाहरूले घनमाया र उनका परिवारलाई सम्मान गरेका थिए। रासस

प्रकाशित: ११ पुष २०८० १३:५० | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast