काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार एक लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै शुक्रबार तेजाबी सुनको मूल्य पनि घटेको छ। बिहीबार एक लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन एक हजार ३०० रुपैयाँले घटेर एक लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार एक हजार ४९० रुपैयाँ तोलामा कारोबार भएको चाँदी शुक्रबार ४५ रुपैयाँले घटेर एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
                            प्रकाशित: १३ पुष  २०८० ११:२१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

