काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले १२ करोड रुपैयाँसम्म सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ।
सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी बैंकले विशेष योजना सार्वजनिक गरेको हो। यो घर कर्जा योजनाअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकले कर्जा सार्न (स्वाप) गर्न पनि सक्नेछन्।
यसअन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढीको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन्।
बैंकले आवश्यक कागजात पेश गरेको तीन कार्य दिनभित्र कर्जा प्रवाह गरिने दाबी गरेको छ।
प्रकाशित: ६ पुष २०८० १७:११ | Friday, December 22, 2023
प्रतिक्रिया



