काठमाडौँ- गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १९ जनाको सरुवा गरेको छ। त्यस्तै ६ सहसचिवको पदस्थापन गरेको छ। शुक्रबार मन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।
निर्णयअनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्यलाई सिन्धुपाल्चोकको सीडीओ बनाएर पठाइएको छ। पाल्पाका सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापा सरुवा गरिएको छ भने सहसचिव आनन्द काफ्लेलाई पाल्पाको सीडीओमा पदस्थापन गरिएको छ।
कपिलवस्तुका सीडीओ शंकरहरि आचार्यलाई सुर्खेतको सीडीओमा सरुवा गरिएको छ। सुर्खेतका सीडीओ नारायणप्रसाद सापकोटालाई भोजपुरको सीडीओ बनाइएको छ।

प्रकाशित: २९ मंसिर २०८० २१:२० | Friday, December 15, 2023
प्रतिक्रिया




