कालीकोटमा ९ मध्ये ८ स्थानीय तहमा बिजुली

हिमाल प्रेस ७ पुष २०८० ७:२३ | Saturday, December 23, 2023
कालीकोटमा ९ मध्ये ८ स्थानीय तहमा बिजुली

कालीकोट- कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ।

अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ। नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए।

रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र शुभकालिका गाउँपालिकामा विद्युत्को पहुँच पुगेको छ। आठवठै पालिकाको केन्द्रसम्म बिजुली पुगेको भए पनि सबै वडामा भने पुर्‍याउन बाँकै नै छ। आठवटै स्थानीय तहका वडा वडामा विद्युत्को प्रसारण लाइन जोड्ने काम भइरहेको प्रमुख साहले जानकारी दिए।

‘गाउँगाउँमा अहिले बिजुलीका खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने, ‘अब चाँडै पलाँतामा पनि बिजुली पुर्‍याउँछौं।’

पलाँता गाउँपालिकाको केन्द्रसम्म चालु आर्थिक वर्षभित्रै विद्युत्को पहुँच विस्तार गर्ने गरी काम भइरहेको प्रमुख साहले बताए । ‘अहिले त्यहाँ बिजुली पुर्‍याउन खम्बा गाड्ने काम भइरहेको छ,’ उनले भने ।

जिल्लामा कूल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म चार हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको प्रमुख साहले बताए। रासस

प्रकाशित: ७ पुष २०८० ७:२३ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast