काठमाडौँ महानगर
काठमाडौँ- काठमाडौँ महानगर क्षेत्रका ५ स्थानमा सुलभ फार्मेसी सञ्चालनमा आउने भएको छ।
महानगरको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार महानगरपालिकाभित्रका पाँच स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्न लागिएको हो।
त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सार्वजनिक सूचना निकालेको छ। जसअनुसार १५ दिनभित्र मासिक भाडा के कतिमा दिन सकिने हो भनेर सम्बन्धित घरधनीलाई दररेट दिन आग्रह गरिएको छ।
महानगरपालिकाले महाराजगन्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको हो।

प्रकाशित: ४ पुष २०८० ७:५४ | Wednesday, December 20, 2023
प्रतिक्रिया




