कहाँबाट आयो विमानस्थलमा झन्डै ७ किलो सुन?

हिमाल प्रेस २४ मंसिर २०८० ११:५८ | Sunday, December 10, 2023
कहाँबाट आयो विमानस्थलमा झन्डै ७ किलो सुन? फाइल तस्बिर

काठमाडौँ-  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले झन्डै ७ किलो सुन बराबद गरेको छ। ​

शनिबार राति १२ बजे ६ किलो ५ सय ६५ ग्राम सुनसहित तीन जना विदेशी नागरिक पक्राउ गरिएको विमानस्थल स्रोतले जानकारी दिएको छ। ‍दुबईबाट आएका तीन विदेशी नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इजिप्टका सेरिप मोहम्मद रहेको स्रोतको दाबी छ। त्यस्तै दुई सुडानी नागरिक ओस्मान अलावेद इब्राहीम र मोहम्मद उस्मानलाई पनि पक्राउ गरिएको हो।

दुई दिन अघि मात्रै फ्लाइ दुबईको उडान नं एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई १४ किलो सुनसहित पक्राउ गरिएको थियो।

प्रकाशित: २४ मंसिर २०८० ११:५८ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast