कसैको स्वार्थका लागि नयाँ एक्सचेन्‍जको लाइसेन्स दिनु हुँदैन : गगन थापा

हिमाल प्रेस २९ मंसिर २०८० १५:१८ | Friday, December 15, 2023
कसैको स्वार्थका लागि नयाँ एक्सचेन्‍जको लाइसेन्स दिनु हुँदैन : गगन थापा गगनकुमार थापा। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन नहुने बताएका छन्। वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेकोसमेत बताए।

उनले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नको लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन नहुने बताए। महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गरे।

उनले कुनै एक समूहको स्वार्थ र फाइदाको लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए। कुनै अध्ययन आधारबिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्स्चेन्ज दिँदा कुशासनको अर्को प्रकरण सुरू हुने जिकिर गरे।

सरकारले गलत र खराब काम गरेको छ त्यसलाई टुलुटुलु हेरेर बस्ने होइन रोक्ने प्रयास गर्ने उनको टिप्पणी छ।

प्रकाशित: २९ मंसिर २०८० १५:१८ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast