कम्युनिस्ट पार्टीको झण्डा ओढाएर लक्ष्मणबहादुर कर्माचार्यप्रति प्रचण्डले दिए श्रद्धाञ्जली

हिमाल प्रेस ७ पुष २०८० १८:०३ | Saturday, December 23, 2023
कम्युनिस्ट पार्टीको झण्डा ओढाएर लक्ष्मणबहादुर कर्माचार्यप्रति प्रचण्डले दिए श्रद्धाञ्जली नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ लक्ष्मणबहादुर कर्माचार्यको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्दै।

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रका समर्थक लक्ष्मणबहादुर कर्माचार्यको पार्थिव शरीरमाथि कम्युनिस्ट पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन्।

पशुपति आर्यघाट पुगेर प्रचण्डले ९६ वर्षको उमेरमा गएराति निधन भएका कर्माचार्यको पार्थिव शरीरमाथि झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन्। उनको निधन शुक्रबार राति भएको हो।

त्यसैगरी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्माचार्यप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै कर्मचार्य सदा स्मरणीय रहने बताए। कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर र लक्ष्मणबहादुर दुबैजना नरहे पनि उनीहरू र त्यो घर सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहने समेत वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताए।

लक्ष्मण नेकपाका संस्थापक मध्येका एक स्व.नरबहादुर कर्माचार्यको सहोदर भाइ हुन्। साथै माओवादी केन्द्र, ऊर्जा विभागकी सदस्य एवम् नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनकी केन्द्रीय सदस्य सुसन कर्माचार्यका पिता समेत हुन्। ललितपुरको कुम्भेश्वरस्थित उनको घर करिब नौ दशकदेखि लोकतान्त्रिक एवम् कम्युनिस्ट आन्दोलनको केन्द्र रहँदै आएको थियो।

कर्माचार्यलाई अन्तिम श्रद्धाञ्जली दिन माओवादी केन्द्रका नेताहरू, उपमहासचिव गिरिराजमणि पोखरेल, अन्य राजनीतिक दलका नेताहरू, कार्यकर्ता र आफन्तजनहरूको ठूलो समूह आर्यघाटमा उपस्थित थिए।

 

 

प्रकाशित: ७ पुष २०८० १८:०३ | Saturday, December 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast