एमाले सांसद कोइरीको निलम्बन फुकुवा

हिमाल प्रेस ८ पुष २०८० १७:५५ | Sunday, December 24, 2023
एमाले सांसद कोइरीको निलम्बन फुकुवा

काठमाडौँ- सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा गरेका छन्। सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेको अवस्थामा निलम्बनमा परेका कोइरीले अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा गरिएको हो।

संघीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सांसद कोइरीको निलम्बन फुकुवा भएको सूचना सभामुख घिमिरेको निर्देशनमा आइतबार जारी गरेका हुन्।

कोइरीको सांसद पद गत वैशाख १९ मा निलम्बन गरिएको थियो। कर्तव्य ज्यान र आगो लगाएको मुद्दामा महोत्तरी जिल्ला अदालत जलेश्वरबाट सफाइ पाएपछि कोइरीले निलम्बन फुकुवाका लागि निवेदन दिएका थिए।

महोत्तरी–१ बाट निर्वाचित सांसद कोइरीले प्रहरीको फरार सूचीमा रहेकै बेला पुस ७ मा प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए भने गत २०७९ पुस २६ मा संघीय संसद्‍मा गएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएका थिए।

प्रहरी हत्या आरोपमा सफाइ पाएका एमाले सांसद कोइरीले दिए निलम्बन फुकुवाको निवेदन

प्रकाशित: ८ पुष २०८० १७:५५ | Sunday, December 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast