एनसेल सेयर खरिदबिक्री प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

हिमाल प्रेस ३ पुष २०८० १५:४३ | Tuesday, December 19, 2023
एनसेल सेयर खरिदबिक्री प्रकरण : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी काठमाडौँको लैनचौरस्थित एनसेलको कर्पोरेट भवन। तस्बिर : हिमालप्रेस

काठमाडौँ- एनसेलको शेयर खरिदबिक्री भएको विषयमा दायर भएको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गत मंसिर २२ गते दायर रिटमा आज मंगलबार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।

सांसद सिंहले एनसेल शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। एनसेल सेयर खरिदबिक्री प्रकरणमा संसदीय समितिले पनि आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाएर जवाफ लिएको थियो। प्रधानमन्त्रीले एनसेल खरिदबिक्रीमा शंका गर्ने ठाउँहरू देखिएको बताए।

प्रकाशित: ३ पुष २०८० १५:४३ | Tuesday, December 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast