काठमाडौँ- दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्री प्रकरणबारे प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकले ६ बुँदे निर्देशन दिएको छ। आज मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ लिएसँगै समितिले निर्देशन दिएको हो।
समितिले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदनलाई समेत आधार लिई राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर एनसेलनबाट असुल उपर गर्न निर्देशन दिएको छ।

प्रकाशित: ३ पुष २०८० १५:१४ | Tuesday, December 19, 2023
प्रतिक्रिया




