एनसेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

हिमाल प्रेस २४ मंसिर २०८० १५:५३ | Sunday, December 10, 2023
एनसेलविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ- एनसेलको शेयर खरिद प्रकरणमा आजियाटाविरुद्ध सर्वोच्च अदालतमा दायर रिट आज हेर्न नभ्याइनेमा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको हो। प्रतिनिधिसभाका सांसद अमरेश सिंहले एनसेल आजियाटाको ८० प्रतिशत शेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए।

सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग समेतलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।

यसैबीच सांसद सिंहले प्रधानमन्त्री प्रचण्डपुत्री गंगा दाहालले व्यापारीसँग पैसा लिएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहले दाहालको नामै किटेर व्यापारीसँग पैसा लिएको आफूसँग प्रमाण रहेको दाबी गरेका हुन्।

प्रकाशित: २४ मंसिर २०८० १५:५३ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast