एनसेललाई राष्ट्रियकरण गर्नुपर्छ : पाण्डे

हिमाल प्रेस २६ मंसिर २०८० १८:३३ | Tuesday, December 12, 2023
एनसेललाई राष्ट्रियकरण गर्नुपर्छ : पाण्डे

भक्तपुर-नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएका छन्। रफत सञ्चार क्लबले आज आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उनले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताए।

पूर्वमन्त्री पाण्डेले भने, ‘डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिदबिक्रीको रकम ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले छ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन गरी त्यसलाई राष्ट्रियकरण गरिनुपर्छ।’

फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँबासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बससेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादीस्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित: २६ मंसिर २०८० १८:३३ | Tuesday, December 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast