एउटै स्थानीय तहमा वर्षमा ५२ करोड रेमिट्यान्स भित्रियो

हिमाल प्रेस २९ मंसिर २०८० १६:१७ | Friday, December 15, 2023
एउटै स्थानीय तहमा वर्षमा ५२ करोड रेमिट्यान्स भित्रियो

उदयपुर– कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरूबाट एक वर्षमा ५२ करोड १३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

हेल्भेटास नेपालको सहयोगमा नगरपालिकाले गरेको अध्ययनअनुसार गत वर्षको कात्तिकदेखि चालु आवको कात्तिकसम्म उक्त रकम भित्रिएको हो। रेमिट्यान्समध्ये १४ प्रतिशत बचत देखिएको छ। १.७ प्रतिशत ऋण तिर्न, ०.५ प्रतिशत व्यवसाय गर्न र ८४ प्रतिशत दैनिक खर्च भएको नगरपालिका कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै नगरपालिकाबाट १ हजार ९६७ जना वैदेशिक रोजगारीमा गएका छन्।

रासस

प्रकाशित: २९ मंसिर २०८० १६:१७ | Friday, December 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast