आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु

हिमाल प्रेस २४ मंसिर २०८० १३:५० | Sunday, December 10, 2023
आफैँले बोकेको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु प्रतीकात्मक तस्बिर।

पाल्पा- पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल गाङसिङडाँडाका ४८ वर्षीय डम्मरबहादुर सारुको आफैँले बोकेको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ।

फापर खान बारीमा आएका दुम्सीलाई मार्न जाने क्रममा चिप्लिएर लडी आफैँले बोकेको बन्दुक पड्केर छर्रा लागेको थियो। शनिबार राति छर्रा लागेर घाइते भएका सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयबाट प्रकाशित दैनिक समाचार बुलेटिनमा जनाइएको छ।

इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले निस्दि-४ सपाङ्दीगैरास्थित खरबारीको अम्रिसो घारीमा एकनाले भरुवा बन्दुक एक थान र झोला बरामद गरेको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। रासस

प्रकाशित: २४ मंसिर २०८० १३:५० | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast