अदालतमा बयान फेर्ने जिसीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ११ पुष २०८० १७:४२ | Wednesday, December 27, 2023
अदालतमा बयान फेर्ने जिसीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का खिलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खिलेन्द्रले घूससम्बन्धी मुद्दामा अदालतमा गई बयान फेरेका कारण उनीविरुद्ध विशेष अदालत काठमाडौँमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो।

दायर गरिएको मुद्दामा अख्तियारले खिलेन्द्रसँग १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। वादी नेपाल सरकार प्रतिवादी रुपन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी भएको घूस लिई भ्रष्टाचार गरेको मुद्दामा खिलेन्द्रलाई साक्षीको रूपमा पेस गरिएको थियो ।

उनले अख्तियारका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी विशेष अदालत काठमाडौँसमक्ष वकपत्र गरेपछि उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

प्रकाशित: ११ पुष २०८० १७:४२ | Wednesday, December 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast