काठमाडौँमा १ बजेपछि देउसी खेल्न नपाइने

हिमाल प्रेस २४ कार्तिक २०८० ११:५३
12
SHARES
काठमाडौँमा १ बजेपछि देउसी खेल्न नपाइने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र एक बजेसम्म मात्र देउसी खेल्न पाइने जनाएको छ।

महानगर प्रमुख बालेन्द्र शाहले शुक्रबार एक स्ट्याटस मार्फत महानगरभित्र राति १ बजेसम्म मात्र देउसी खेल्न पाइने जानकारी गराएका हुन्।

उनले लेखेका छन् ‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राती ९ बजेसम्म मात्र अनुमति दिइएको थियो। यो वर्ष काठमाडौँ महानगरका नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौ, सोही अनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।’

प्रकाशित: २४ कार्तिक २०८० ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =