राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको भेट

हिमाल प्रेस २३ कार्तिक २०८० १८:०५
8
SHARES
राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधि मण्डलको भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ। राष्ट्रपति भवनमा आज (बिहीबार) भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए। साथै उनले विपद्पछिको पुनरुत्थान र पुनर्निर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०८० १८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =