काठमाडौँ- तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ। खास गरी भाइटीकाको लागि मखमलीको माला, भाइ मसला र लक्ष्मी पूजाको लागि दियो किन्ने र बेच्नेहरू भीड देख्न सकिन्छ। काठमाडौँको न्युरोड, इन्द्रचोक, असन, जनबहाल क्षेत्रमा भीड लागेको छ।
दाजु-भाइको लागि उपहारस्वरुप मायाको चिनो ढाका टोपी समेत विक्री वितरण भइरहेका छन्। तिहारको सामग्रीहरू, फूलमाला,रोटीदेखि लत्ताकपडाको विक्रिविरतण गर्न व्यापारीहरूलाई भ्याइनभ्याइ देखिन्छ।
प्रकाशित: २३ कार्तिक २०८० १६:३७
प्रतिक्रिया