संघीय सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा मधेश सरकार, आज प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै

हिमाल प्रेस २३ कार्तिक २०८० ९:२६
6
SHARES
संघीय सरकारविरुद्ध मुद्दा हाल्ने तयारीमा मधेश सरकार, आज प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएका छन्।

आज १०ः३० प्रधानमन्त्री प्रचण्डलाई सो ज्ञापनपत्र बुझाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मधेस प्रदेशका प्रदेश सभा सदस्य भरत साहले बताए। मुख्यमन्त्री यादवका साथमा हरेक पार्टीका सांसद, नेता तथा सांसद रहने उनले बताए।

प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन, वन, गुठीलगायतको अधिकार प्रदेशलाई दिनुपर्ने मागसहित यो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाउन लागेको उनले बताए। उनले भने, ‘संविधानमा उल्लेख प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने हाम्रो माग हो, ती सबै माग एक महिनाभित्र पूरा नभए चरणबद्ध आन्दोलनमा जान्छौँ।’

केन्द्रदेखि प्रदेशसम्म आन्दोलन हुने बताउँदै उनले आन्दोलनमा जाने कुरा मधेस प्रदेशका सर्वदलीय बैठकबाट तय भएको बताए।

ज्ञापनपत्र बुझाए पछि पनि माग पुरा नभए पुनः सर्वदलीय बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गर्ने बताउँदै उनले संघीयता बलियो बनाउनका लागि प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: २३ कार्तिक २०८० ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =