विश्वकप क्रिकेटमा छनोट भएका खेलाडीलाई जनही १३ लाख

हिमाल प्रेस २१ कार्तिक २०८० १६:५५
104
SHARES
विश्वकप क्रिकेटमा छनोट भएका खेलाडीलाई जनही १३ लाख

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अमेरिका र वेस्ट इन्डिजले २०२४ मा संयुक्त आयोजना गर्ने आईसीसी टी–२० विश्वकपमा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

१५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

विश्वकपमा छनोट भएका प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ। आइतबार सम्पन्न आईसीसी टी– २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा छनोट भैसकेको छ।

प्रकाशित: २१ कार्तिक २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =