कोशी प्रदेशसभामा बजेट अध्यादेश पारित

हिमाल प्रेस २० कार्तिक २०८० १८:४९
4
SHARES
कोशी प्रदेशसभामा बजेट अध्यादेश पारित कोशी प्रदेशसभा बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशसभा बैठकले बजेटसम्बन्धी अध्यादेश पारित गरेको छ।

प्रदेशसभाको सोमबार (आज) बसेको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।

यसअघि हिक्मत कार्की मुख्यमन्त्री भएको बेला बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेस भएको थियो।

प्रकाशित: २० कार्तिक २०८० १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =