माओवादीको सडक संघर्ष कार्यक्रम भूकम्पका कारण स्थगित

हिमाल प्रेस २० कार्तिक २०८० १०:४५
10
SHARES
माओवादीको सडक संघर्ष कार्यक्रम भूकम्पका कारण स्थगित

काठमाडौँ- नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गरिएको बताए।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ।

प्रकाशित: २० कार्तिक २०८० १०:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =