भूकम्प पीडितलाई लुम्बिनी सरकारको डेढ करोड सहायता

हिमाल प्रेस १८ कार्तिक २०८० १५:५४
10
SHARES
भूकम्प पीडितलाई लुम्बिनी सरकारको डेढ करोड सहायता

लुम्बिनी- लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकबाट डेढ करोड सहयोग गर्ने निर्णय गरिएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए।

साथै, प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णय समेत गरेको छ।

प्रदेशले यसअघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा( पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =