भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न माओवादी केन्द्रको निर्देशन

हिमाल प्रेस १८ कार्तिक २०८० ९:४१
2
SHARE
भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न माओवादी केन्द्रको निर्देशन

काठमाडौँ- नेकपा माओवादी केन्द्रले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न पार्टीका नेता कार्यकर्ता तथा संघ संगठनलाई निर्देशन दिएको छ।

महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा जुट्न निर्देशन दिएका हुन्। भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले सिंगो पार्टीलाई मर्माहत बनाएको भन्दै मृतक प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै पार्टीले प्रभावकारी उद्धार तथा राहतको व्यवस्था गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पबाट ठुलो मानवीय तथा भौतिक क्षति पुगेको छ।

प्रकाशित: १८ कार्तिक २०८० ९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =