मौसम खुलेपछि प्रभावित क्षेत्रमा हेलिकप्टर पठाउँदै कर्णाली प्रदेश सरकार

हिमाल प्रेस १८ कार्तिक २०८० ८:२०
4
SHARES
मौसम खुलेपछि प्रभावित क्षेत्रमा हेलिकप्टर पठाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत- कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा पठाउनको लागि स्वास्थ्यकर्मीसहितको हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाएकव छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले मौसम खुल्नासाथ स्वास्थ्यकर्मीसहितको टोलीलाई हेलिहेलिकप्टरमार्फत जाजरकोट पठाउनका लागि सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखिएको जानकारी दिए।

स्थलमार्गबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको उनले जानकारी दिएका छन्। भूकम्पका कारण निम्तिन सक्ने खाद्य जोखिमलाई ध्यानमा राखेर प्रदेश सरकारले नेपालगन्ज, दाङ र सुर्खेतबाट आवश्यक खाद्य सामग्री ढुवानी गर्न तयारी अवस्थामा राखिएकोसमेत मन्त्री जीसीले जानकारी दिए।

भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय २८ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा एक सय ५५ जना घाइते भएको विवरण प्राप्त भएको छ। जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। यस्तै रुकुम पश्चिममा भूकम्पबाट ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भई ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित: १८ कार्तिक २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fourteen =