विश्वकपमा छनोट भएपछि भगवानलाई धन्यवाद दिएँ : कप्तान रोहित पौडेल

हिमाल प्रेस १७ कार्तिक २०८० १८:१५
30
SHARES
विश्वकपमा छनोट भएपछि भगवानलाई धन्यवाद दिएँ : कप्तान रोहित पौडेल

काठमाडौँ– नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले सन् २०१४ को टी–२० विश्वकप देशले खेलेको हेर्दै हुर्किएकाले यस पटक विश्वकप यात्रा गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको बताएका छन्।

शुक्रबार मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै जारी आईसीसी विश्वकप छनोट (एसिया क्वालिफायर) को फाइलनमा यात्रा तय गरेसँगै नेपाल सन् २०१४ पछि पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाउन भयो।

त्यो सफलतापछि कप्तान रोहितले सोमपाल कामी र विनोद भण्डारीबाहेक सबै सन् २०१४ कै विश्वकप हेरेर नै हुर्किएको उल्लेख गर्दै यस पटक आफैं विश्वकप खेल्न पाउनु भाग्यमानी महसुस भएको बताए।

टस हारेपछि डर लागे पनि बलिङमा सबैले राम्रो योगदान दिएको उल्लेख उनको भनाइ थियो। यूएईका महत्त्वपूर्ण ब्याटर मोहम्मद वासिमलाई छिटै आउट गर्ने योजना रहेको र सोहीअनुरूप सोमपालले उनलाई पवेलियन फर्काउन सक्नु ठूलो सफलता रहेको धारणा उनले राखे।

त्यसपछि सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झाले बलिङमा राम्रो योगदान दिएपछि यूएईलाई कम योगफलमा रोक्नु पनि अर्को महत्त्वपूर्ण पक्ष रहेको बताए।

ब्याटिङमा पनि कुशल भुर्तेलले राम्रो सुरुवात दिलाउनु र आसिफ शेखले लामो इनिङसम्म उत्कृष्ट खलेको कप्तान पौडेलले बताए। दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका नेपालका एक मात्र खेलाडी सोमपालले पछिल्लो संस्करणभन्दा यसपटक धेरै उत्साहित रहेको धारणा राखे।

उनले विश्वकपमा छनोट भएपछि भगवानलाई धन्यवाद पनि दिएको बताए। उनले भने, ‘हिजोको खेल हारेपछि केही तनाव त थियो तर भगवान आजको खेल जसरी पनि हामीले नै जितौँ भनेर भनेको थिएँ। आज बिहानै भगवानसँग त्यही प्रार्थना गरेको थिएँ।’

जसरी पनि टी–२० विश्वकप खेल्नुपर्छ भन्ने आफूहरूको लक्ष्य पूरा भएको पनि उनले बताए। ओपनर आसिफ शेखले विश्वकप खेल्न लक्ष्य पूरा भएको बताए। उनले ठूलो खेलमा केही गर्छु भन्ने रहेको र त्यसैले अन्तिमसम्म इनिङ खेल्छु भन्ने योजना अनुरूप सफल भएको दाबी गरे।

साथै नेपालका बलरले यूएईलाई थोरै योगफलमा रोक्नु पनि जितको महत्त्वपूर्ण पक्ष रहेको उनले उल्लेख गरे। प्रशिक्षक मोन्टी देसाईले टिमलाई एक बनाएर अगाडि बढाएको उल्लेख गर्दै आसिफले यो सफलताको श्रेय प्रशिक्षकलाई दिए।

प्रकाशित: १७ कार्तिक २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + nineteen =