कांग्रेस एक छ विभाजित भएको छैन : शेरबहादुर देउवा

हिमाल प्रेस १७ कार्तिक २०८० १७:५८
20
SHARES
कांग्रेस एक छ विभाजित भएको छैन : शेरबहादुर देउवा

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस अहिले एक ढिक्का रहेको बताएका छन्। पार्टीमा पहिलेजस्तो असन्तुष्टि र गुनासो नरहेको भन्दै उनले आएका छिटपुट गुनासा सम्बोधन हुने बताए। देउवाले संविधान कार्यान्वयनमा कांग्रेस अझै एकताबद्ध हुन जरुरी रहेको बताए।

बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै देउवाले संविधानको पूर्ण कार्यान्वयनमा कांग्रेस प्रतिबद्ध रहेको सुनाए। ‘संविधानका विषयमा गुनासा छन्। तर सम्बोधन गर्नै नसक्ने खालका छैनन्,’ उनले भने, ‘जसले जे भने पनि विश्वास नगरौँ। यो संविधान कार्यान्वयन गरेरै छोड्छौँ।’

सङ्घीयताबारे आएका गुनासालाई स्वाभाविक लिएको उनको भनाई छ। ‘सङ्घीयता नयाँ हो। गुनासा आएका छन्। तर हामीले स्वाभाविक नै मानेका छौँ,’ उनी भन्छन्, ‘कार्यान्वयनमा शङ्का नगर्नुस्।’ जिल्ला सम्मेलन मार्फत कांग्रेसले आगामी कार्यदिशा पत्ता लगाउने उनले बताए।

प्रकाशित: १७ कार्तिक २०८० १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 9 =