मोन्लमपूजामा लोभिए तीर्थयात्री र पर्यटक [तस्बिरहरू]

विनोद परियार १७ कार्तिक २०८० १६:२९
18
SHARES
मोन्लमपूजामा लोभिए तीर्थयात्री र पर्यटक [तस्बिरहरू]

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटक सिजन सुरु भएपछि धार्मिक पूजाका कार्यक्रम बढेका छन्। सोही क्रममा बिहीबारदेखि नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा महायान परम्पराअनुसार मोन्लमपूजा चलिरहेको छ।

रिपोन्छे खेन्छेन पेमा शेर्पा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र अन्य लामागुरु दैनिक मोन्लमपूजामा व्यस्त छन्। मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पीपलको रुखमुनि विश्वशान्ति र मानव कल्याणको प्रार्थनासहित मोन्लमपूजा गरिएको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीमा धार्मिक पूजालाई प्राथमिकता दिने गरी पूजा सुरु भएको बताए। उनले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्वशान्तिका लागि मोन्लम पूजाको महत्त्व रहेको बताए।

जानकारहरूका अनुसार भगवान् बुद्धका उपदेशका पाठ गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्त्व रहन्छ। संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिरमा मोन्लम पूजा गर्दै आएको छ। बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पूजा गर्दै आएको संघका संस्थापक अध्यक्ष खेमो डोल्पा छिरिङ लामाले बताइन्।

पूजा चलिरहेकाले मायादेवी मन्दिर दर्शनका लागि पुगेका तीर्थयात्री र पर्यटक लोभिएका छन्।

प्रकाशित: १७ कार्तिक २०८० १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =