नेपालसहित यी २० देशले खेल्नेछन् टी-२० विश्वकप

हिमाल प्रेस १७ कार्तिक २०८० १७:१७
108
SHARES
नेपालसहित यी २० देशले खेल्नेछन् टी-२० विश्वकप

काठमाडौँ- वेस्ट इन्डिज र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी-२० विश्वकप-२०२४ मा नेपालसहित २० टोली सहभागी हुनेछन्। सन् २०२२ को आईसीसी पुरुष टी–२० विश्वकपका शीर्ष आठ टोलीहरू- अष्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले सन् २०२४ को प्रतियोगिताका लागि स्वत: छनोट भएका छन्।

त्यस्तै आ‍योजकको हिसाबले अमेरिका र वेस्ट इन्डिज स्वत: छनोट भए। अफगानिस्तान र बंगलादेश टी–२० वरीयताबाट अर्को दुई टोलीका रूपमा प्रतियोगिताका लागि छनोट भएका छन् ।

युरोपेली क्षेत्रबाट आयरल्यान्ड र स्कटल्याण्ड पनि छनोट भएका छन्। त्यस्तै पपुवा न्यू गिनीले पूर्वी एसिया-प्यासिफिक क्वालिफायर जितेर आफ्नो स्थान सुरक्षित गरेको छ भने क्यानडाले अमेरिका छनोट जितेर विश्वकपमा आफ्नो उपस्थिति पक्का गर्‍यो।

नेपाल र ओमान एसियाली छनोटबाट छनोट भएका छन् भने दुई अफ्रिकी टोली अर्को महिना नामिबियामा आयोजना हुने अफ्रिकाबाट छनोट हुनेछन्। नेपालले यसअघि २०१४ मा पनि विश्वकप खेलेको थियो।

प्रकाशित: १७ कार्तिक २०८० १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =