महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

हिमाल प्रेस १७ कार्तिक २०८० १२:१४
महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका बालबालिकाहरूको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ।

१७ वर्षदेखि पिछडिएका बालबालिकाहरूलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले ५० हजार आर्थिक सहयोग गरेको हो।

विद्यालय ग्राउन्ड सतहभन्दा करिब ४ फिट तल रहेको, वर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी निकायबाट विद्यालय सुधारका लागि सूचनासमेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रही विद्यालय सुधार गर्न लागिएको हो।

६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकालाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्दछ।

प्रकाशित: १७ कार्तिक २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =