प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै

हिमाल प्रेस १६ कार्तिक २०८० १९:३८
8
SHARES
प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य हुँदै फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाको चालु अधिवेशन आज (बिहीबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ। बिहीबारको बैठकमा सोसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै सभामुख देवराज घिमिरेले अधिवेशन अन्त्यको घोषणा गरे।

उनले नेपालको संविधानअनुसार संसद्को चालु अधिवेशन स्वतः सकिने जानकारी गराए। बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीले टेबल गरेका थिए।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘राष्ट्रिय दलित आयोगको दोस्रो र तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए।

प्रकाशित: १६ कार्तिक २०८० १९:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =