राजस्व संकलन विधेयक पेस गर्दै कोशी सरकार

हिमाल प्रेस १५ कार्तिक २०८० १९:२८
4
SHARES
राजस्व संकलन विधेयक पेस गर्दै कोशी सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय।

विराटनगर- कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आज (बुधबार) को बैठकले प्रदेशको राजस्व संकलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेस गर्ने निर्णय गरेको हो।

साथै बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले जानकारी दिए।

प्रकाशित: १५ कार्तिक २०८० १९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 11 =