शान्ति प्रक्रिया सहमतिमा टुंग्याउनुपर्छ : ओली

हिमाल प्रेस १५ कार्तिक २०८० १८:५९
6
SHARES
शान्ति प्रक्रिया सहमतिमा टुंग्याउनुपर्छ : ओली

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया सहमतिका आधारमा टुङ्ग्याउनुपर्ने बताएका छन्।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज (बुधबार) एमालेले आयोजना गरेको दसैँ, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले शान्ति प्रक्रिया पीडितलाई केन्द्रमा राखेर तथा सर्वोच्च अदालतको आदेशलाई मानेर टुङ्ग्याउनुपर्नेमा जोड दिएका हुन्।

‘शान्ति प्रक्रियाका सम्बन्धमा अन्तर्राष्ट्रिय मानवअधिकार काउन्सिलले भनेका कुरालाई पनि ध्यान दिनुपर्दछ,’ उनले भने, ‘खास गरी पीडितलाई न्याय दिनुपर्दछ।’

अध्यक्ष ओलीले चाडपर्वका समयमा राजनीतिक रूपमा कुनै पनि टीकाटिप्पणी गर्न नहुने बताए।

प्रकाशित: १५ कार्तिक २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =