१५ जना जुवाडे पक्राउ

हिमाल प्रेस १५ कार्तिक २०८० १८:२५
18
SHARES
१५ जना जुवाडे पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरमा गरेर १५ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१५, किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेन्ट एन्ड बारमा जुवातास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको छ।

मनाङको निस्याङ गाउँपालिका–२ घर भइ काठमाडौंको नागार्जुन नगरपालिका–५, छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङ समेत सातजनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख एक हजार ६०० रूपैयाँ र सात बुक ताससहित पक्राउ गरेको जनाइएको छ। त्यस्तै, ललितपुरको गोदावारी नगरपालिका–१०, टाखेल पानी ट्‍यांकीनजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन्।

गोदावारी नगरपालिका–१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत आठजनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख सात हजार रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको जनाइएको छ।

प्रकाशित: १५ कार्तिक २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =