एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १४ मंसिर २०८० १५:००
6
SHARES
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ। एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक यही मंसिर १८ गते बस्ने तय भएको छ। बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ। बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ। तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन्। ‘महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ। त्यसबारे थप निर्णय सोही बैठकबाट हुनेछ,’ श्रेष्ठ भन्छन्।

प्रकाशित: १४ मंसिर २०८० १५:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =