कोशी प्रदेशसभाको बजेट सर्वसम्मतिले बजेट पारित

हिमाल प्रेस १३ मंसिर २०८० १७:१५
8
SHARES
कोशी प्रदेशसभाको बजेट सर्वसम्मतिले बजेट पारित कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

काठमाडौँ- कोशी प्रदेशसभा बैठकबाट अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रदेशसभामा छलफलमा रहेको विनियोजन विधेयक (बजेट) सर्वसम्मतिले पारित भएको छ। मुख्यमन्त्री केदार कार्कीले मंसिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका थिए। प्रस्तुत बजेट विवरणमा चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट प्रस्ताव थियो।

यसअघि उक्त विधेयकमा असहमति राख्दै एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए।

यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरूमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन्। यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन्। उनीहरूले आफ्नो प्रस्ताव फिर्ता लिएसँगै विनियनेजन विधेयक निर्णयार्थ पेश भएको थियो। उक्त प्रस्तावलाई सबै दलले ध्वनीमतका साथ समर्थन गरेका थिए।

यसअघि विनियोजन विधेयकको सैद्धान्तिक छलफलका क्रममा भने सत्तारूढ दलसहित एमाले र राप्रपाले पनि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

प्रकाशित: १३ मंसिर २०८० १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =