प्रधानमन्त्री यूएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्दै

हिमाल प्रेस १३ मंसिर २०८० ८:१०
4
SHARES
प्रधानमन्त्री यूएई जानुअघि मन्त्रिपरिषद् बैठक बस्दै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले जानकारी दिएको छ।

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कोप-२८ मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्दै छ।

बेलुका साढे ९ बजेको फ्लाइटमार्फत प्रधानमन्त्रीको टोली यूएई प्रस्थान गर्ने अचार्यको भनाइ छ।

प्रकाशित: १३ मंसिर २०८० ८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =