नेपाली काग्रेस केन्द्रीय पदाधिकारी बैठक। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
बैठक दिउँसो १ बजे देउवा निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।
प्रकाशित: १३ मंसिर २०८० ७:०७
प्रतिक्रिया



