केपी ओली कपमा सेमिफाइनल समीकरण

हिमाल प्रेस १२ मंसिर २०८० २२:१२
8
SHARES
केपी ओली कपमा सेमिफाइनल समीकरण

पोखरा- त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, एपीएफ क्लब र मधेश प्रदेशले केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने सफल टिम बनेका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा मंगलबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको हो। बिहीबार पहिलो सेमीफाइनल आर्मी र बागमती तथा दोस्रो सेमिफाइनल एपीएफ र मधेशबीच हुने आयोजकले जनाएको छ।

मंगलबार आर्मी र कोशी प्रदेशबीचको खेलमा आर्मीका भीम सार्की र सन्तोष कार्कीले अर्धशतकीय पारि खेले। ४ अंक बटुलेको आर्मी समूह ‘डि’ को शीर्षस्थानमा रहँदै सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो। आर्मीसँगै समूह ‘ए’ मा ४ अंक बटुलेको बागमती, समूह ‘बि’ को एपीएफ र समूह ‘सि’ को मधेश समान २ अंक बटुलेका हुन्। मधेश रनरेट आधारमा अन्तिम चारमा पुगेको हो।

मंगलबार आर्मीले कोशीलाई ३९ रनले पराजित गरेको हो। टस जितेर पहिल ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनायो। ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतीय पारी खेले। सन्तोषले ४१ बलमा ५० रन बनाएर रिटायर्ड हर्ट हुँदै पेभिलियन फर्किदा भीमले २४ बलमा ५३ रन बनाए। आर्मीका कप्तान विनोद भण्डारीले १७ र रोहित पौडेलले २३ रनको योगदान दिए।

कोशीका सर्वण यादवले सर्वाधिक ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिएका हुन्। कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले समान १–१ विकेट हात पारे।

जवाफी ब्याटिङ गरेको कोशी १८ दशमलब २ ओभरमा १ सय ४७ रनमा समेटियो। सोनु अन्सरीले सर्वाधिक ४४ रन बनाउँदा समीर कार्की ३४, सुजन थपलिया २१ र मनीष थापाले १६ रन जोडे।

बलिङतर्फ आर्मीका सोमपाल कामी र विवेक यादवले समान २–२ विकेट लिए। बसिर अहमद, जितेन्द्र मुखिया, शाहव आलम र रोहित पौडेलले १–१ विकेट लिन सफल भए।

मंगलबारको अर्को खेलमा सुदूरपश्चिमले ४ विकेटले नेपाल पुलिसलाई हरायो। १५९ रनको लक्ष्य सुदूरले १८ दशमलब ४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको हो।

विजयी सुदूरसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिँदा रनरेट आधारमा मधेश प्रदेशलाई फाइदा पुगेको छ। समूह ‘सि’ का तीन वटै टिमको बराबर अंक छ।

सुदूरका लागि प्लेयर अफ दि म्याच किरण ठगुन्नाले अविजित अर्धशतकीय पारी खेले। ३४ बलको सामना गरेका उनी नटआउट रहँदै ५१ रन बनाए। किरण र नरेन साउदले उत्कृष्ट पारी खेल्दै ९३ रनको साझेदारी गरेका थिए। नरेनले ३९ बनाए। सुदूरका लागि नारायण जोशीले ७ बलमा १७ रन प्रहार गरी विभागीय टोलीविरुद्ध जित सुनिश्चित गरे। पुलिसका लागि राशिद खानले ३ विकेट लिए भने सुनिल धमला र सागर ढकालले समान १–१ विकेट हात पारे।

टस जितेर पारीको सुरुवात गरेका पुलिसका लागि ओपनर कुशल भूर्तेलले ५१ बलको सामना गर्दै ६७ रन बनाए। अर्का ओपनर सुनिल धमलाले ४० बलमा ४२ रन जोडे। बुधबार आयोजक मदन भण्डारी स्पोर्टस्को नीलो र कोशी प्रदेशबीच हुनेछ।

प्रकाशित: १२ मंसिर २०८० २२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =