प्रहरी समायोजन अविलम्ब टुंग्याउँछौँ : प्रधानमन्त्री

हिमाल प्रेस १२ मंसिर २०८० २१:५९
6
SHARES
प्रहरी समायोजन अविलम्ब टुंग्याउँछौँ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय सरकारले प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुङ्ग्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटमा उनले आन्तरिकरूपमा प्रहरी समायोजनको प्रक्रिया अघि बढिसकेको जानकारी दिएको भेटमा सहभागी बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

‘छिटोभन्दा छिटो प्रहरी समायोजनलाई टुङ्ग्याउँछौँ,’ प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै उनले भने, ‘नयाँ सरकार बनिसकेपछि उहाँहरूले हामी प्रक्रियामा प्रवेश गरिसक्यौँ, छिटोभन्दा छिटो संविधानले प्रदत्त गरेका अधिकार प्रदेशलाई उपलब्ध गराउँछौँ भन्नुभएको छ, हामीले संघीय सरकारसँग अविश्वास गरिरहनुपर्ने अवस्था छैन।’

प्रदेशका आन्तरिक ममिलामन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई संविधानतः प्रदेशलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवं कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकताका साथ टुङ्ग्याइनुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।

यसअघि आजै उनीहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेर संविधानको एकल अधिकारको सूचीमा रहेको प्रदेश प्रहरीसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए। रासस

प्रकाशित: १२ मंसिर २०८० २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =