प्रभु साहको पार्टीको निर्णय : गौर हत्याकाण्डका दोषीलाई समातेर बुझाइने

हिमाल प्रेस १२ मंसिर २०८० २१:००
28
SHARES
प्रभु साहको पार्टीको निर्णय : गौर हत्याकाण्डका दोषीलाई समातेर बुझाइने आम जनता पार्टीका अध्यक्ष प्रभु साह। फाइल तस्बिर

काठमाडौँ- प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टीले गौर हत्याकाण्डलगायतका दोषीहरुलाई समाएर बुझाउने निर्णय गरेको छ। मंसिर ११ र १२ गते काठमाडौँस्थित मुख्यालयमा बसेको स्थायी कमिटीको पूर्ण बैठकले विभिन्न हत्याकाण्डका दोषीहरुलाई समाएर राज्यलाई बुझाउने निर्णय गरेको हो।

यसलाई सो पार्टीले अभियानकै रूपमा अगाडि बढाउने जनाएको छ। यस्तै जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने, विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचार नियन्त्रण गर्न राज्य असफल रहेकाले भ्रष्टाचारीलाई जनकारबाही गर्ने पनि निर्णय गरिएको छ।

सो पार्टीले विशेष अदालतबाट भ्रष्टाचारमा दोषी ठहर भएका बद्रिप्रसाद न्यौपानेलाई निर्दोष सावित नहुदासम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको जनाएको छ। साथै बैठकले सातै प्रदेश इन्चार्जहरु पनि तोकेको छ। कोशी प्रदेशलाई लिम्बुवान किरात, बागमतीलाई ताम्सलिङ नेवा र गण्डकीलाई तमुवान गण्डक नाम दिएर इन्चार्ज तोकेको हो।

हेर्नुहोस् निर्णयहरू

प्रकाशित: १२ मंसिर २०८० २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 1 =